काठमाडौं । श्रीनगर एग्रिटेक प्रालिले वार्षिक साधारणसभाको बिक्री आह्वान गरेको छ । कम्पनीको हाल कायम रहेको जारी पुँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्येबाट एक सय रुपैयांँ अंकित मूल्य कायम रहने गरी २५ करोड १० लाख ४९ हजार तीन सय रुपैयाँ बराबरको २५ लाख १० हजार चार सय ९३ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र विदेशमा रहेका नेपालीहरुको साधारण सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गरिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही असोज २६ गतेबाट सुरु भई छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक नौ गते बन्द हुनेछ ।