काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ नौ करोड १७ लाख ७३ हजार दुई सय ९२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २० लाख सात हजार सात सय ७१ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा एक अर्ब १० करोड ४७ लाख ५० हजार नौ सय तीन रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९२ करोड ४६ लाख ९० हजार नौ सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३५ करोड ३० लाख १६ हजार नौ सय छ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ९० करोड ४२ लाख ७९ हजार पाँच सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७४ करोड ३७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड २७ लाख २७ हजार ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।