काठमाडौं । यही असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोमा पाँच दर्जन नेपालीले ज्यान गुमाएका छन् । मृतक तथा घाइतेबारे सरकारी आँकडाअनुसार हालसम्म ६० जनाको मृत्यु भइसकेको छ । देशका विभिन्न जिल्लामा भएको बाढी र पहिरोका कारण ११ जिल्लामा १५ नाबालकसहित ६० जनाको मृत्यु भएको छ ।
तथ्यांकअनुसार इलाममा मात्रै १३ पुरुष, १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पाँचथरमा तीन पुरुष, चार महिला र एक नाबालक, उदयपुरमा दुई महिला र एक नाबालक, खोटाङमा दुई पुरुष, सुनसरीमा एक पुरुष, रौटहटमा एक महिला र दुई नाबालक, मोरङमा एक महिला, महोत्तरीमा एक महिलाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा एक नाबालक, काभ्रेमा दुई महिला, सिन्धुलीमा जना महिलाको ज्यान गएको छ ।