काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी प्रदर्शनको क्रममा प्रहरीसँग सवालजवाफ गरेर चर्चामा आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीय आफ्नै आमाको हत्या गरेका छन् । आइतबार राति उनले मादकपदार्थ सेवन गरी आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेको प्रहरीको भनाइ छ । आमाको हत्या गर्ने यमबहादुरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । घरमा भान्जाभान्जी, बुबा, आमा र यमबहादुरसहित पाँच जना थिए । अरू भागेपछि उनले आमाको हत्या गरेको बताइएको छ । गत २४ भदौको जेन–जी आन्दोलनमा यमबहादुरले प्रहरीसँग गरेको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।