काठमाडौं । खुद नाफा आर्जनमा गणपति लघुवित्त वित्तीय संस्थाले छलाङ मारेको छ । संस्थाले आर्थिक वर्ष २०८१/८२ मा चार करोड २५ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा तीन करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ५२ लाख छ हजार नौ सय २२ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको छ । संस्थाले आव २०८१/८२ मा ५० करोड ३७ लाख ३३ हजार पाँच सय ७६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २९ करोड ३९ लाख ११ हजार सात सय १८ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड २७ लाख ७२ हजार ९० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले अघिल्लो आवमा ४७ करोड ४४ लाख ६१ हजार पाँच सय ५९ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब पाँच करोड ७८ लाख दुई सय ५६ रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड १९ लाख १६ हजार आठ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।