काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उत्साहप्रद देखिएको छ । संस्थाले गत आर्थिक वर्षमा चार करोड पाँच लाख २८ हजार चार सय ११ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले आठ करोड ७४ लाख ५७ हजार नौ सय १७ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आवमा दुई अर्ब ६६ करोड ३९ लाख ७९ हजार चार सय ९१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड ३४ लाख ९७ हजार आठ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ८१ लाख ८३ हजार छ सय ९५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १२ दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा संस्थाले दुई अर्ब ४८ करोड ३३ लाख २१ हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब तीन करोड १५ लाख तीन हजार एक सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड सात लाख २६ हजार तीन सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १७ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।