काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड र क्यापिटलको लाभांश घोषणा भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरुकोे आ.व. २०८१/८२ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट इकाईधनीहरुलाई सिटिजन्स म्युचुअल फन्ड–२ बाट करसहित आठ दशमलव २५ प्रतिशतका दरले हुन आउने चार करोड ६२ लाख र सिटिजन्स सुपर ३० म्युचुअल फन्डबाट करसहित १२ दशमलव ७५ प्रतिशतका दरले हुन आउने नौ करोड ५७ लाख १७ हजार दुई सय ९७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१२०८१/११/१९ गते परिपक्व भई खुद सम्पत्ति मूल्य ११ दशमलव ३० प्रतिशतका दरले हुन आउने करसहित रकम ९२ करोड ६६ लाख तीन हजार सात सय २३ रुपैयाँ (अन्तिम वर्षको लाभांश १३ प्रतिशत (१० करोड ६६ लाख तीन हजार सात सय २३ रुपैयाँसमेत) पनि २०८२/०२/२७ गतेदेखि वितरण भइरहेको कम्पनीले जानकारी दिएको छ । यसका साथै सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई तीन करोड २० लाख रुपैयाँ लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गरिरहेको कम्पनीको भनाइ छ ।
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरुको विगतका आर्थिक वर्षहरुमा वितरित नगद लाभांश समेत हालसम्म पनि बुझिलिन बाँकी रहेका इकाईधनीहरुले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन तथा सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डर राइटर), सेयर रजिस्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।