टक्सार (भोजपुर) । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट मंगलबार नेपाली सेनाको हेलिकप्टरद्वारा स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको उद्धार गरिएको छ ।
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुवै जनालाई उपचारका लागि लगिएको छ । ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको जानकारी दिइन् ।
सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।