गत अक्टोबर ४ मा विश्वभर विश्व पशु दिवस मनाइयो । यो दिवस संसारका सम्पूर्ण जनावरहरूको सम्मान, अधिकार र कल्याणको लागि आवाज उठाउने एउटा वैश्विक मञ्च हो । यसको उद्देश्य कुनै एउटा राष्ट्र, धर्म वा विचारधारामा सीमित नभई सम्पूर्ण मानव समुदायलाई जनावरहरूप्रति दया, करुणा र जिम्मेवारीको भावना जगाउनु हो । सन् १९२५ मा जर्मन लेखक हेनरिच जिमरम्यानले बर्लिनमा यस दिवसको सुरुवात गरेका थिए । जसलाई पछि सन् १९३१ मा इटलीको फ्लोरेन्समा विश्वव्यापीरूपमा स्वीकार गरियो । जुन अक्टोबर ४ को मिति सेन्ट फ्रान्सिस अफ एसीसीको जन्मोत्सवसँग जोडिन्छ । जो प्रकृति र जनावरहरूको संरक्षकका रूपमा चिनिन्छन् । नेपाल, जैविक विविधताले समृद्ध मुलुक, यो दिनको सन्दर्भमा विशेष महत्व राख्छ । यहाँको हिमाल, पहाड र तराई क्षेत्रमा पाइने अद्वितीय वन्यजन्तुहरूले नेपाललाई विश्वको जैविक सम्पदाको एक महत्वपूर्ण केन्द्र बनाएको छ । तर, वनजंगलको विनाश, अवैध शिकार र जलवायु परिवर्तनजस्ता चुनौतीहरूले यी जनावरहरूको अस्तित्वमाथि खतरा उत्पन्न गरिरहेका छन् । जसलाई जनावरहरूको संरक्षक सन्त मानिन्छ । यस दिवसको मूल नारा जनावर बचाउ, ग्रह बचाउले पशु कल्याण र वातावरणीय दिगोपनाको गहिरो सम्बन्धलाई दर्शाउँछ । तसर्थ, पृथ्वीको पारिस्थितिकीय सन्तुलन कायम राख्न जनावरहरूको अस्तित्व अपरिहार्य छ भन्ने यो नाराले प्रष्ट पार्छ ।
नेपालको सन्दर्भ र पशुहरूको महत्व
नेपाल एक यस्तो देश हो । जहाँ प्राचीनकालदेखि नै पशुहरूलाई धार्मिक र सांस्कृतिक रूपमा उच्च महत्व दिइँदै आएको छ । नेपाली हिन्दू संस्कृतिमा पशुहरूलाई देवताको प्रतीक वा वाहनका रूपमा पूजा गर्ने परम्परा छ । यसमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरिएको छ र यसलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरिन्छ । नेपालजस्तो कृषिप्रधान देशमा जनावरहरूको जीवन मानवसँग गहिरो रूपमा जोडिएको छ । कृषि, दूध उत्पादन, यातायात, सुरक्षा, मनोवैज्ञानिक सन्तुलनदेखि धार्मिक संस्कारसम्म जनावरहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा जनावरहरू माथि हुने अत्याचार, तिनको वासस्थानमा हुने क्षति र मानव स्वार्थका कारण तिनीहरूको अस्तित्व नै संकटमा परेको छ ।
यस पृष्ठभूमिमा विश्व पशु दिवसको सन्देश जनावरहरू बचाऊ, ग्रह बचाऊ नेपालका लागि पनि चेतावनी र अवसर दुवै बनेको छ । तिहारमा गाई तिहार मनाइन्छ, जहाँ यसको दूध र गोबरको महत्वलाई सम्मान गरिन्छ । त्यसैगरी कुकुरलाई भैरवको प्रतीक र सुरक्षाको जिम्मेवारी वहन गर्ने सहयोगी मानेर कुकुर तिहारमा पूजा गरिन्छ । त्यसरी कागलाई यमराजको दूत मानेर काग तिहारमा पूजा गरिन्छ । त्यसरी गोरुलाई शिवजीको वाहन नन्दीको प्रतीक मानेर तिहारमा पूजा गरिन्छ । यी परम्पराहरूले पशु र मानिसबीचको घनिष्ठ सम्बन्धलाई दर्शाउँछन् । तसर्थ विश्व पशु दिवसको सुरुवात सन् १९२५ मा जर्मनीका लेखक र पशु अधिकारकर्मी हेनरिख जिमर्मनले गरेका थिए । उनले यो दिनलाई जनावरहरूको कल्याण र संरक्षणको लागि समर्पित गर्ने उद्देश्य राखे । सन्त फ्रान्सिस अफ असिसीको मृत्यु भएको दिन (अक्टोबर ४) लाई यो अवसरको लागि छनोट गरियो, किनभने उनले प्रकृति र जीवजन्तुहरूप्रति गहिरो प्रेम र सम्मान व्यक्त गरेका थिए । यो दिनले पशुहरूको अधिकार, तिनीहरूको संरक्षण र मानव–पशु सम्बन्धको महत्वलाई जोड दिन्छ । फलतः देशमा विश्व पशु दिवसको महत्व अझ विशेष छ, किनभने यहाँको संस्कृति र परम्पराले जनावरहरूलाई सम्मान गर्ने परम्परागत मूल्य–मान्यताहरू छन् । हिन्दु र बौद्ध धर्ममा जनावरहरूलाई पवित्र मानिन्छ । उदाहरणका लागि, गाईलाई हिन्दु धर्ममा माता मानिन्छ भने बौद्ध धर्ममा सबै जीवहरूप्रति करुणा र दया व्यक्त गरिन्छ । यी धार्मिक र सांस्कृतिक मूल्यहरूले नेपालमा पशु संरक्षणको आधार तयार पारेका छन् । तर, आधुनिक समयमा औद्योगिकीकरण, सहरीकरण र वातावरणीय परिवर्तनले यी मूल्यहरूलाई चुनौती दिइरहेको छ ।
जैविक विविधता र पर्यावरण संरक्षण
नेपाल जैविक विविधताले भरिपूर्ण राष्ट्र हो । जहाँ चितुवा, बाघ, हात्ती, गैँडा, स्याल, भालु, हिमाली भेगका चौँरी तथा याकजस्ता थुप्रै वन्यजन्तु र अनगिन्ती चराचुरुङ्गी पाइन्छन् । फलतः पारिस्थितिक सन्तुलनमा जनावरहरूले खाद्य श्रृङ्खलालाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन् । यसमा मांसाहारी जनावरले शाकाहारीको संख्या नियन्त्रण गर्छन् । जसले गर्दा वनस्पति र बोटबिरुवाको अत्यधिक चरन हुन पाउँदैन । जसमा भन्ने नै हो भने कार्बन र नाइट्रोजन चक्रमा जनावरहरूले वायुमण्डलमा रहेको कार्बन र नाइट्रोजन चक्रलाई सन्तुलित बनाउन अप्रत्यक्ष योगदान पुर्याउँछन् । जसको बीउ प्रसारमा धेरै वन्यजन्तु तथा चराहरूले फल खाएर बीउलाई विभिन्न स्थानमा पुर्याउँछन् । जसले वनको विस्तार र पुनरुत्थानमा सहयोग गर्छ ।
नेपाल सरकारले वन्यजन्तु संरक्षण ऐन, २०२९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०३० लागू गरेर पशु संरक्षणमा महत्वपूर्ण कदम चालेको छ । यी ऐनहरूले अवैध शिकार, वन फँडानी र वन्यजन्तु व्यापारलाई नियन्त्रण गर्न खोज्छन् । तर, यी प्रयासहरूले पूर्ण सफलता प्राप्त गर्न बाँकी नै छ । वस्तुतः राष्ट्रमा पशु संरक्षणका लागि धेरै चुनौतीहरू छन् । यी चुनौतीहरूले जनावरहरूको बासस्थान र अस्तित्वमाथि गम्भीर प्रभाव पारिरहेका छन् । जबकि सांस्कृतिक रूपमा पशुलाई पुज्ने चलन भए पनि पछिल्लो समय देशमा पशु कल्याण र संरक्षणमा गम्भीर चुनौतीहरू बुंदागत रुपमा उल्लेख गरिएको छ ।
वन विनाश र बासस्थानको ह्रास
नेपालमा तीव्र गतिमा भइरहेको वन फँडानी र सहरीकरणले जनावरहरूको प्राकृतिक बासस्थान साँघुरिंदै गइरहेको छ । विशेषगरी तराई क्षेत्रमा कृषि र बस्ती विस्तारका लागि वनजंगल मासिएका छन् । यसले गैंडा, टाइगर र हात्ती जस्ता ठूला जनावरहरूको बासस्थानमा संकट उत्पन्न भएको छ ।
अवैध शिकार र व्यापार
अवैध शिकार र वन्यजन्तुका अंगहरूको तस्करी नेपालमा ठूलो समस्या हो । एक सिंगे गैंडाको सिंग, टाइगरको छाला र अन्य जनावरका अंगहरूको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग छ । यस्ता गतिविधिहरूले दुर्लभ प्रजातिहरूलाई लोप हुने अवस्थामा पुर्याएका छन् ।
मानव–वन्यजन्तु द्वन्द्व
नेपालका ग्रामीण क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बस्ती नजिकका जंगलमा बस्ने जनावरहरूले बाली नष्ट गर्ने र कहिलेकाहीं मानवमाथि आक्रमण गर्ने घटनाहरू बढिरहेका छन् । यसले स्थानीय समुदायमा वन्यजन्तु संरक्षणप्रति नकारात्मक धारणा विकास भएको छ ।
जलवायु परिवर्तन
जलवायु परिवर्तनले नेपालको जैविक विविधतामा गम्भीर असर पारिरहेको छ । हिमालमा हिउँ पग्लने क्रम बढ्दा हिउँ चितुवा जस्ता प्रजातिहरूको बासस्थान संकटमा परेको छ । त्यस्तै, तराईमा तापमान र वर्षा चक्रमा आएको परिवर्तनले चराहरू र अन्य प्रजातिहरूको जीवनचक्रमा असर परेको छ ।
स्रोत र जागरूकताको कमी
नेपालमा संरक्षणका लागि आवश्यक स्रोत र जनचेतनाको कमी छ। संरक्षित क्षेत्रहरूमा पर्याप्त सुरक्षाकर्मी, बजेट, र प्रविधिको अभाव छ । साथै, स्थानीय समुदायमा पशु संरक्षणको महत्त्वबारे पर्याप्त जागरूकता छैन् ।
छाडा पशुको समस्या
ग्रामीण र सहरी दुवै क्षेत्रमा दुध दिन छाडेपछि वा बुढो भएपछि गाई, गोरु र घरपालुवा जनावरहरूलाई सडकमा बेवारिसे छोड्ने प्रवृत्ति बढ्दो छ । यसमा दुव्र्यवहार र दुर्घटना जसमा भन्ने नै हो भने सडकमा छाडिएका पशुहरू मानवीय क्रूरता र सवारी दुर्घटनाको शिकार हुने गरेका छन् । त्यसरी नै संरक्षणकर्मीको चिन्तामा पशु संरक्षणकर्मीहरूले धर्ममा पुज्ने तर मनमा नमान्ने प्रवृत्तिले गाई लगायतका राष्ट्रिय जनावरहरूको संरक्षणमा गम्भीर चुनौती थपिएको बताएका छन् ।
वन्यजन्तुको बासस्थान विनाश
तीव्र सहरीकरण, पूर्वाधार विकास, वन फँडानी र प्राकृतिक स्रोतको दोहनले वन्यजन्तुहरूको प्राकृतिक वासस्थान संकटमा परेको छ । जुन वासस्थानको विनाशले वन्यजन्तुहरू मानव बस्तीमा प्रवेश गर्ने र द्वन्द्व बढ्ने क्रम बडाएको छ ।
जैविक विविधताको रक्षा
जनावरहरूको संरक्षण गर्नु भनेको केवल एउटा प्रजातिलाई बचाउनु होइन, बरु सम्पूर्ण पारिस्थितिक प्रणालीलाई बचाउनु हो । यदि कुनै एक प्रजाति लोप भयो भने, त्यसको असर सम्पूर्ण खाद्य श्रृङ्खला र मानव जीवनमा समेत पर्छ ।
निष्कर्षमा भन्नुपर्दा विश्व पशु दिवस नेपालका लागि अवसर र चुनौती दुवै हो । फलतः देशको समृद्ध जैविक विविधता विश्वको सम्पदा हो । र यसको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी पनि हो । जसलेगर्दा जनावरहरू बचाऔँ, ग्रह बचाऔं भन्ने नाराले हामीलाई यो सन्देश दिन्छ कि जनावरहरूको संरक्षणविना ग्रहको भविष्य सम्भव छैन् । वस्तुतः राष्ट्रमा पशु संरक्षणका लागि भएका प्रयासहरू सराहनीय छन् । तर अझै धेरै गर्न बाँकी छ । यसमा पनि भन्ने नै हो भने सरकार, गैरसरकारी संस्था र स्थानीय समुदायको सहकार्यले मात्र यो लक्ष्य प्राप्त गर्न सकिन्छ । मूलतः विश्व पशु दिवसको अवसरमा हामी सबैले आफ्नो तर्फबाट सानो भए पनि योगदान दिनुपर्छ चाहे त्यो जागरूकता फैलाउने होस्, वृक्षरोपण गर्ने होस्, वा संरक्षणका लागि सहयोग गर्ने होस् ।
यसर्थ आउनुहोस्, जनावरहरू र ग्रहलाई बचाउन एकजुट होऔं । अतः विश्व पशु दिवस केवल एक दिनको उत्सव मात्र होइन, यो जनावरहरूप्रति हाम्रो दैनिक दायित्वको सम्झना दिलाउने एउटा वैश्विक आन्दोलन हो । नेपालजस्तो सांस्कृतिक र जैविक विविधतायुक्त राष्ट्रमा यस दिवसको महत्व अझ बढी छ । हामी सबैले पशुहरूलाई संवेदनशील प्राणीको रूपमा स्वीकार गर्नुपर्छ । जसलाई दुःखबाट मुक्त भएर बाँच्न पाउने अधिकार छ ।