काठमाडौ । शाओमी नेपालले ‘शाओमी महाफेस्टिभल’ उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्रान्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ । यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैँ विशेष स्थान बनाएको बताए । यस सिरिजको मूल्यमा गरिएको मूल्य समायोजनले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने उनको दाबी छ । ‘अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागसिपस्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ’, उनले भने । ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेको उनको भनाइ छ । उनका अनुसार रेड्मी नोट १४ सिरिजको एक हजार रुपैयाँ छुट दिइएको हो ।