मलङ्गवा (सर्लाही) । बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा २८ वर्षीय एक युवकको डुबेर मृत्यु भएको छ ।

सोही वडाका विवेक चौधरीको नदीमा नुहाउने क्रममा शुक्रबार बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । उनका अनुसार शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।