काठमाडौं, भदौ १० लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २० करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड ९८ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८२ रुपैयाँ ८३ पैसा रहेको छ ।