काठमाडौं । माओवादी अध्यक्ष एवं पूर्वप्रधानन्त्री पुष्पकमल दाहालको सुरक्षामा अब पूर्व जनमुक्ति सेना र वाईसीएलका तालिमप्राप्त दस्ता खटिने भएका छन्। गृह मन्त्रालयले दाहालको सुरक्षार्थ टोलीमा कटौती गरेपछि माओवादी नेता रामप्रसाद सापकोटाले यस्तो जानकारी दिएका छन्।
सापकोटाका अनुसार, ‘सरकारले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत अध्यक्षको सुरक्षाकर्मी फिर्ता गरेपछि पूर्व लडाकु र वाईसीएल सदस्यको व्यवस्था गरिएको हो।’ उनले थपे, ‘अध्यक्षको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले विशेष सुरक्षाकर्मी खटाएको थियो।’
तत्कालीन सरकारले माओवादी शान्ति प्रक्रियामा आएपछि दाहालको सुरक्षार्थ विशेष व्यवस्थाको निर्णय गरेको थियो। त्यसयता नेपाल प्रहरी र सशस्त्र प्रहरी दाहालको सुरक्षामा परिचालित हुँदै आएका थिए।