राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य राजनीतिक र सामाजिक पक्षसँग हुने उच्चस्तरीय संवादको संयोजनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ। असोज २२ र २४ गते बसेको रास्वपाको सचिवालय बैठकले वाग्लेलाई पार्टीका तर्फबाट उच्च तहका संवादहरू सञ्चालन गर्ने जिम्मा दिने निर्णय गरेको हो।पार्टीका प्रवक्ता मनिष झाका अनुसार, वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका उद्देश्यले वाग्लेले संवाद नेतृत्व गर्नेछन्। उनका अनुसार, विभिन्न सामाजिक र राजनीतिक शक्ति तथा समूहसँग वार्ता गर्न बनाइएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वाग्लेले वृहत्तर राजनीतिक सहकार्य र समाधानको वातावरण निर्माण गर्ने जिम्मेवारी पाएका छन्।