काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा महेश भट्टराई नियुक्त भएका छन् । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थानप्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नवनियुक्त सञ्चालक भट्टराई अर्थ मन्त्रालयका सहसचिव हुन् ।