काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को बैठकमा सहभागी हुन गभर्नर पौडेल शनिबार अमेरिका प्रस्थान गरेका हुन् । गभर्नर पौडेल अमेरिका गएपछि कामु गभर्नरको जिम्वेवारी नीलम ढुंगानालाई तोकिएको छ ।