काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मुड, सबै गुड !’ घोषणा गरेको छ । यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भूत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ ।
यो अफर आश्विन २६ गतेदेखि कार्तिक ३० सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुने जनाइएको छ । यस अवधिमा ग्राहकहरूले सामसङका टीभी, फ्रिज र वासिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन् । कम्पनीका अनुसार टीभी खरिदमा ३५ प्रतिशत क्यासव्याक र एक्सचेन्ज बोनस पाँच हजार रुपैयाँसम्म पाइनेछ । यस्तै, फ्रिज खरिदमा १९ प्रतिशतसम्म क्यासव्याक र एक्सचेन्ज बोनस छ हजार रुपैयाँ वासिङ मेसिन खरिदमा २४ प्रतिशतसम्म क्यासव्याक र एक्सजेन्जमा सात हजार रुपैयाँसम्म बोनस पाइने कम्पनीले जनाएको छ । साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार टीभीको खरिदमा साप्ताहिक पुरस्कार साउन्डबार र बम्पर पुरस्कारमा ३५ लिटर बिस्पोक एआई फ्रिज पाइने छ । यस्तै, फ्रिज खरिदमा २३ लिटर माइक्रोवेभ ओभन साप्ताहिक पुरस्कार र नौ केजी फ्रन्ट लोड वासिङ मेसिन बम्पर पुरस्कार पाइने कम्पनीले जनाएको छ । वासिङ मेसिन खरिदमा भने साप्ताहिक पुरस्कार २३ लिटर माइक्रोवेभ ओभन र बम्पर पुरस्कारमा ६५ इन्चको यूएचडी टीभी पाइनेछ । ग्राहकहरूले सामसङको टीभी, फ्रिज वा वासिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर भाग लिन सक्नेछन् । विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा सामसङ प्लाजा र विग डिजिटलका फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिने जनाइएको छ । त्यसैगरी, सामसङले इन्स्टाफाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प उपलब्ध गराएको छ । यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ ।