काठमाडौं, भदौ १०
मुुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ६५ करोड ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८५ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी चार अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ५७ अर्ब २९ करोड ५२ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड सात लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई अर्ब २२ करोड ११ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ४१ अर्ब ४७ करोड सात लाख रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८९ करोड ४७ लाख ७५ हजार पाँच सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने पाँच दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको थियो ।