काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा गोली चलाउँदा र आगजनी गर्दा ७६ जनाको हत्या तथा खबौँ रुपैयाँको भौतिक सम्पत्ति जलेर खरानी भएको थियो । तर अहिलेसम्म त्यस घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीसँग हुँदै नभएको गोली हानिएको भनेर त्यस घटनाबाट आफू रमेश लेखकले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री आफूले प्रदर्शनकारीमाथि गोली हान्न आदेश नदिएको बताएर आफूहरुलाई पानीमाथिको ओभानो बनाउने छन् ।
प्रदर्शनकारीमाथि गोली हान्न आदेश नदिएको बताएर आफूहरुलाई पानीमाथिको ओभानो बनाउने प्रयास मात्र गरेका छैनन् कि उक्त गोलीकाण्डलाई रहस्यमयी बनाएका छन् । प्रदर्शनकारीविरुद्ध प्रयोग गरिएको गोलीको फरेन्सिक ल्याब परीक्षणको रिपोर्ट सरकारले सार्वजनिक गर्न आवश्यक ठानेको छैन र अहिलेसम्म त्यसलाई गोप्य नै राखेको छ । सेनाका लागि कोरियन केटु राइफल भित्र्याएपछि सेनाले चलाउँदै आएको इन्सास राइफल र एसलआर विस्थापन गरी प्रहरीलाई ती थोत्रा हतियार दिइएको थियो ।
जेन–जी विद्रोह दमन गर्न भएको गोलीकाण्डमा ती हतियारका गोली भेटिएका छन् तर तीबाहेक प्रहरी र सेनासँग नभएका हतियारका गोली पनि भेटिएको बताइन्छ । जेन–जी विद्रोह दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीले नि त्यहि अभिव्यक्ति दिएका छन् । प्रदर्शनकारीको फ्रन्ड लेयरलाई छाडेर दोस्रो तेस्रो लेयरमा रहेका विद्यार्थीहरुको टाउको र छातीमा गोली लागेको पाइएको छ । त्यसरी गोली चलाइएको हतियार विवादास्पद बिचौलिय दीपक भट्टले त्यहाँ प्रयोग गराएको हो कि चिनियाँ पक्षबाट प्रयोग भएको हो भन्ने कुरा पनि शंकाको घेराभित्रै रहेको छ ।
सेनाको हतियार तथा गोलीगठ्ठा सप्लाई गर्ने ठेकेदारहरुमध्येका एक विवादास्पद ठेकेदार दीपक भट्टले आफूहरुको जेन–जी आन्दोलनको अगुवा सुदन गुरुङको हामी नेपालीसँग गर्वयोग्य सहकार्य रहेको सहर्ष स्वीकारेका छन् । यसले गर्दा उक्त गोलीकाण्डलाई झनै रहस्यमय बनाएको छ । उक्त गोलीकाण्ड कसको आदेशमा भयो र प्रदर्शनकारीहरुको टाउको र छातीमा कसरी गोली लाग्यो भन्ने कुरा अहिले पनि रहस्यकै गर्भमा छ । त्यसमा केही स्वघोषित विज्ञहरुले त स्नाइपर प्रयोग गरेर छानीछानी युवाहरुको हत्या गरेको पनि बताएका छन् । उक्त गोलीकाण्ड जत्तिको रहस्यमयी छ, त्यसको भोलिपल्ट भदौ २४ गते भएको आगजनी त्योभन्दा कम रहस्यमयी छैन ।
भोलिपल्ट संसद् भवन, सिंहदरबार सर्वोच्च अदालत प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति निवास शीतल निवास कोइराला निवास विराटनगर, सिंहनिवास चाक्सीबारी, किशुनजी आश्रम बाँडेगाउँ, देउवा निवास बुढानीलकण्ठलगायत आस्था र विश्वासका केन्द्रहरुमा छानीछानी आगजनी भएको थियो । त्यसको जिम्मेवारी अहिलेसम्म कसैले लिएका छैनन् । प्रदर्शनकारी जेन–जी पुस्ताले आफूहरुको उक्त आगजनीमा कुनै संग्लग्नता नरहेको बताउँदै आएका छन् । उक्त आगजनीबाट उत्साहित हुने त्यसलाई मलजल गर्ने कामचाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहवाट मात्र हुँदै आएको छ ।
विवादस्पद पात्र दुर्गा प्रसार्ईंले पनि त्यस घटनाको विरोध गरेका छन् । विवादस्पद पात्र रवि लामिछाने स्खलित भएर मुर्छित बनेका छन् । राजावादी झुन्डहरुले पन उक्त आगजनीबाट आत्मसन्तुष्टि लिए पनि खुलेर स्वागत गर्न सकेका छैनन् । कुलमान घिसिङ अहिले सान्त्वना दिँदै हिँडेका छन् । २३ गतेको गोली काण्डपछि त्यसै साँझ जेन–जी समूहहरुले आफ्ना समर्थकहरुलाई २४ गते नेताका घर अगाडि जम्मा हुन गुगल लोकेसन सेयर गरेको बताइन्छ तर त्यो कसले ग¥यो भन्ने अझै यकिन हुन सकेको छैन । २४ गते तोडफोड लुटपाट र आगजनी गर्दै हिँडेको युवा समूहले कतै लुटपाट गरेको कतै आक्रमण सुरु गरेपछि पनि तोडफोड रोकेर फर्किएको, कतै थप मानिस बोलाएर लुटपाट गरेको, चाक्सीबारीमा पाँचौँपटकसम्म फर्कीफर्की आगजनी गरेको देखिएकाले उक्त आगजनी तोडफोड र लुटपाट निर्देशित रहेको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द्रको घरमा फर्कीफर्की भम्टिएर तोडफोड र आगजनी हुने र अख्तियारको प्रमुख आयुक्त प्रेम राईको घट्टेकुलो अनामनगरमा रहेको निजी निवासमा आक्रमण थालेका प्रदर्शनकारी एउटा झ्याल फुटाएपछि तोडफोड रोकेर नारा लगाउँदै अर्कोतिर फर्किनु संयोग मात्र होजस्तो देखिँदैन । यद्यपि, उनको आगजनीबाट जोगिएको घटनालाई स्वागत गर्नुपर्दछ । २४ गतेको तोडफोड, लुटपाट र आगजनीमा बढी सक्रिय रहेको आशंका गरिएको समूहसँग उठबसको सम्बन्धले काम गरेको पनि कतैकतै देखिएको छ ।
उक्त घटनाको निष्पक्ष छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको न्यायिक जाँचबुझ आयोगले त्यसका जाँजबुझ गर्ला भन्ने आशा गरिएको बेला विद्रोहले लतारेर किनारामा फालेका तत्कालीन प्रधानमन्त्री ओलीले कार्कीको चयनप्रति असन्तृष्टि व्यक्त गरी झन् विवाद खडा गरिदिएका छन् ।
ओलीले विवाद खडा गरे पनि कार्की आयोगले जाँचबुझ प्रक्रिया नथाल्दै भदौ २४ गते तोडफोड, लुटपाट कुटपिट र आगजनीमा जताबाट छानबिन थाले पनि माओवादी अध्यक्ष प्रचण्ड आफ्नो रिहाइको किर्ते पत्र देखाएर प्रधानमन्त्री बन्न सैनिक मुख्यालय पुगेका रवि लामिछाने, पर्दा पछाडि बसेर कुटिल चाल चल्ने काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह र अख्तियारमा १८ वटा मुद्दा परे पनि प्रेम राईको संरक्षणमा पुलपुलिएका कुलमान घिसिङ र केही दरबारियाको नाम जोडिने गरेको सहरमा चर्चा चल्ने गरेको छ । यीबाहेक मौकामा चौका हान्ने घुसपैठियाहरु उद्देश्यअनुरुप परिचालित भएको बताइन्छ ।