काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उत्साहजनक देखिएको छ । संस्थाले गत आर्थिक वर्षमा एक करोड ५२ लाख आठ हजार चार सय २३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ४४ लाख ३६ हजार छ सय १९ रुपैयाँले ऋणात्मक रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थाले गत आवमा ८५ करोड ६४ लाख २९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ३४ लाख २४ हजार नौं सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ९० लाख ८१ हजार तीन सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।