काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दायर गरेको हो। कार्यालयका प्रमुख रामहरी काफ्लेका अनुसार महराविरुद्ध भन्सार छलेको र संगठित अपराधमा संलग्न भएको प्रमाण भेटिएको छ। यसअघि महरा हिजो काठमाडौंबाट पक्राउ परेका थिए। सीआईबीको अनुसन्धान अनुसार, २०७९ पुस १० गते Fly Dubai को FZ0587 फ्लाइटमार्फत नेपाल आएका चिनियाँ नागरिक LI HANSONG ले दुई सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए। अनुसन्धानका क्रममा ती सामानहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्काको जिम्मामा राखिएका थिए। तर पछि ती ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरका सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आर्थिक लाभ लिएको प्रमाण फेला परेको सीआईबीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान तीव्र पारेको छ।