काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले कात्तिकको पहिलो साताबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् दुवै संस्थाले एक–आपसमा मर्ज भई यही कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
मर्जरपश्चात् यी दुई संस्थाले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । एकीकृत कारोबारको लागि राष्ट्र बैंकले यही असोज २३ गते अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकको उक्त स्वीकृतिसँगै कम्पनी रजिस्टर्डको कार्यालय समेतबाट एकीकृत कारोबारको लागि अनुमति पाएपछि यी दुवै संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेका हुन् ।