काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको गोरखा जिल्ला आरुघाट बजारबाट धादिङ जिल्ला धादिङवेसीमा स्थानान्तरण गरेको धादिङ शाखा कार्यालयको उद्घाटन गरेको छ । फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१०मा प्राप्त गरी मिति २०६६/०८/१८ बाट सञ्चालनमा आएको फाइनान्सको का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ । संस्थाले न्यूरोड काठमाडौं, सितापाइला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।
संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक ब्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई इ बैंकिङ, एटीएम, एससिटी नेटर्वक, मोबाइल बैंकिङ, सी–आस्वालगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।