काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गत रहेको ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । योसँगै कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ ।
नयाँ सोरुम उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले दशैँअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरेको जानकारी दिएको छ । यसले सो क्षेत्रमा ग्राहकहरूको बढ्दो विश्वास र उत्साहलाई स्पष्टरूपमा देखाएको छ । नयाँ थ्रिएस सोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । यस सोरुमको व्यवस्थापन बलाजी ई–अटोमोबाइल्सले गर्नेछ । सोरुमको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्रोटन इमस ७ प्रति आफ्नो रुचि व्यक्त गरेका थिए ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले बुटवलमा सोरुम सञ्चालनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिस विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउने दाबी गरे । यस विस्तारसँगै, प्रोटन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिसन अघि बढाइरहेको जनाइएको छ ।