काठमाडौं । शेयर बजारको ओरालो यात्राले पुन: निरन्तरता पाएको छ । अघिल्लो १९ दशमलव ४३ अंकले खुम्चिएको छ शेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन २२ दशमलव ५८ अंकले खुम्चिएर २५ सय पाँच दशमलव ५८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९२ अंकले खुम्चिएर चार सय ३७ दशमलव दुई बिन्दुमा खुम्चिएको छ । यसदिन तीन सय १८ वटा कम्पनीहरुको ३५ हजार सात सय ५० पटकको कारोबारमा ७६ लाख ११ हजार छ सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब १० करोड १८ लाख ३० हजार नौं सय ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य चार अंकले उकालो लागेपनि बाणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।