काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक वर्षमा ४४ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्षमा ४४ करोड २६ लाख ७४ हजार पाँच सय ३० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ३५ करोड ९७ लाख ८३ हजार आठ सय ५६ रुपैयाँ रहेको थियो ।
संस्थाको हाहल चुक्ता पुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको छ । संस्थाले गत आवमा १५ अर्ब ८५ करोड ९६ लाख ६४ हजार चार सय ८३ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६९ करोड ९२ लाख २९ हजार छ सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा एक अर्ब ८३ करोड ७३ लाख ५४ हजार दुई सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा १४ अर्ब छ करोड ५६ लाख २७ हजार छ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५८ करोड १३ लाख ३१ हजार आठ सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५२ करोड १३ लाख १० हजार दुई सय २३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।