काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको एक लाख ९२ हजार सात सय ७७ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यही असोज २९ गतेको मितिले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
संस्थापक सेयरधनीले बैंकको भरतपुर चितवनमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेस गर्नुपर्नेछ । उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।