काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा उछाल देखिएको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ११ करोड ४५ लाख २९ हजार नौ सय १० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले तीन करोड २१ लाख ८९ हजार दुई सय ९८ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको चुक्ता पुँजी हाल ३६ करोड ९९ लाख २३ हजार पाँच सय रुपैयाँ रहेको छ । संस्थाले आव २०८१/०८२मा एक अर्ब ८३ करोड दुई लाख १२ हजार आठ सय ९६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड ७९ लाख ४१ हजार दुई सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ७२ लाख ८७ हजार आठ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले अघिल्लो आवमा भने एक अर्ब ६४ करोड ५४ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५८ करोड २४ लाख ४८ हजार सात सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड ६७ लाख ९८ हजार तीन सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।