काठमाडौं । हलेसी डेकोरले डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको औपचारिक घोषणा गरेको छ । कम्पनीले व्यापारिक इमानदारी र पारदर्शितालाई अझ सबल बनाउन उक्त प्रणाली लागू गरेको जानकारी दिएको छ ।
कम्पनीले १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानी, बेडसिटलगायतका घर तथा कार्यालय सजावट सामग्रीहरू ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको छ । ‘व्यापारमा इमान्दारित्ता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल सन्देशसहित सुरु गरिएको अभियानअन्तर्गत अब प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुने कम्पनीले उल्लेख गरेको छ । साथै सबै सामानमा एमआरपी स्पष्टरूपमा उल्लेख गरिनेछ । यसले ग्राहक र कम्पनीबीचको कारोबार सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र ‘बिक्रीपछिको सेवा हाम्रो जिम्मेवारी’ भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।