काठमाडौं । एमएडब्लु वृद्धिले वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा कम्पनीले ३० असोजदेखि चार दिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्न लागेको हो ।
कम्पनीका अनुसार कार्यक्रममा ग्राहकले दिपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् । कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ, जुन नाडा अटो सोमा सो स्टपरका रुपमा स्थापित भएको थियो । रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सि र पाँच हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्रीजस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट ईभी बन्ने सफल भएको हो । यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ । ग्राहकहरुले फ्युचरिस्टिक दिपल ईभी मात्र नभएर मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तक्र्रिया गर्न सक्नेछन् । यो मधेश प्रदेशमा पहिलोपटक हुन लागेको हो ।
कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निःशुल्क वाल तथा ट्राभल चार्जर र निःशुल्क एसेसोरिज पनि पाइने कम्पनीले जनाएको छ । वीरगञ्ज, जनकरपुर हेटौँडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड हुने यो उत्कृट समय हुने कम्पनीको भनाइ छ ।