काठमाडौं । भाटभटेनी सुपर मार्केटले देशका विभिन्न स्टोरमा १० अर्ब पाँच करोड ६७ लाख ९ हजार आठ सय ५४ रुपैयाँको क्षति भएको जिकिर गरेको छ । भदौ २३ र २४ गतेको घटनाको बारेमा सरकारले गठन गरेको गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा भाटभटेनीले उजुरी गर्दै उक्त क्षतिको दाबी गरेको हो ।