काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै शुक्रबार कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँच हजार ९१६ जना उत्तीर्ण भएका छन भने ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
यसरी परीक्षामा कुल १३ हजार ९१० विद्यार्थी सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । बोर्डले दुई जनाको परीक्षा रद्द गरिएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिने बताइएको छ ।