काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले सेयरधनीहरूका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले करसहित पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।