काठमाडौं । एक साताको लागि हिमालयन बैंकको सेवा बन्द हुने भएको छ । दैनिक काममा प्रयोग हुने मुख्य सफ्टवेयर परिवर्तन गर्न लागिएकोले कात्तिक तीन गतेदेखि १० गतेसम्म सेवा बन्द हुने भएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यस अवधिमा बैंकको सबैजसो सेवा बन्द हुने छ । यो अवधिमा एटिएम, पस मेसिन, क्युआर मार्फत् भुक्तानी, इकर्मश सेवा भने चल्ने बैंकले जानकारी दिएको छ । यस अवधिमा ग्राहकको लागि भने बैंकको कार्यालय, काउन्टर सबै बन्द छ । ग्राहकले यो अवधिमा नगद जम्मा गर्न विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने भएपनि काउन्टर भने बन्द हुने भएको छ । मुख्य सफ्टवेयर परिर्वतन गरिएपछि बैंकको विद्युतीय भुक्तानी माध्यमदेखि अन्य काम कारवाही अहिलेभन्दा दु्रत स्तरमा हुने समेत बैंकले जानकारी दिएको छ ।