काठमाडौं । याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरहरूलाई तिहारको अवसरमा दोब्बर बोनस दिने भएको छ । कम्पनीका अनुसार यो विशेष अभियान सोमबारदेखि एक सातासम्म सञ्चालन हुनेछ ।
यस अवधिमा सबै वर्गमा बोनस दरहरू सामान्यभन्दा दुई गुणासम्म बढाइएका छन् । अब पार्टनर ड्राइभरहरूले कार सेवामा प्रतिदिन अधिकतम छ हजार दुई सय रुपैयाँसम्म र बाइक सेवामा प्रतिदिन बोनसको रूपमा चार हजार एक सय रुपैयाँसम्म कमाउन सक्नेछन् । थप रूपमा पार्टनर ड्राइभरहरूले आफ्नो सामान्य दैनिक लक्ष्यहरू नै पछ्याउनुपर्नेछ, कुनै अतिरिक्त लक्ष्य राख्न वा पूरा गर्नुपर्ने आवश्यकता हुनेछैन । याङ्गोले सबै पार्टनर ड्राइभरहरूलाई यस विशेष अवसरको फाइदा उठाउन र उत्सवको समयमा बढी कमाइ गर्दै तिहार मनाउन आग्रह गरेको छ ।
याङ्गोले काठमाडौंमा चलायमान सेवाको पहुँच विस्तार गर्न र दैनिकी यात्राका लागि भरपर्दो विकल्प उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले स्थानीय साझेदार र यातायात सेवाप्रदायकहरूलाई आफ्नो मोबाइल एपमार्फत सेवा प्रदान गर्न सशक्त बनाउँदै आएको छ । याङ्गोको मुख्य लक्ष्यमध्ये एक भनेको स्थानीय अर्थतन्त्रलाई सहयोग पु¥याउने र नेपाली साझेदारहरूका लागि व्यावसायिक कार्य प्रणालीको डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्ने हो ।