काठमाडौं । बैंकहरुले चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा १६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिना अर्थात् साउन र भदौ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले कुल १६ अर्ब ५९ करोड ८७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा छ दशमलव १८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकहरुले कमाएको यस्तो नाफा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा १० वटा बैंकहरुको खुद नाफा बढेको छ भने १० वटाको घटेको छ । यस अवधिमा नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, प्रभु, कृषि विकास, सिटिजन्स बैंक इन्टरनेसनल, स्टान्र्डर्ड चार्टर्ड, एनआईसी एसिया, हिमालयन र नेपाल एसबीआई बैंकको खुद नाफा घट्दा ग्लोबल आईएमई, प्राइम कमर्सियल, एनएमबी, लक्ष्मी सनराइज, एभरेस्टसहितका १० वटा बैंकहरुको खुद नाफा बढेको छ । जसमध्ये ग्लोबल आईएमईले चालू आवको पछिल्लो दुई महिनामा एक अर्ब ६२ करोड ८२ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५६ करोड ६१ लाख १० हजार रुपैैयाँ रहेको थियो । नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र प्राइम कमर्सियल बैंकले गत पनि चालू आवको पछिल्लो दुई महिनामा क्रमशः एक अर्ब ३२ करोड ७४ लाख, एक अर्ब २६ करोड ४४ लाख, एक अर्ब पाँच करोड ६८ लाख ६० हजार र एक अर्ब चार करोड ६७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः एक अर्ब ६६ करोड आठ लाख नौ हजार, एक अर्ब ४१ करोड २८ लाख ९० हजार, एक अर्ब आठ करोड ५० लाख आठ हजार र ९७ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालू आवको पछिल्लो दुई महिनामा एनएमबी, लक्ष्मी सनराइज, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः एक अर्ब तीन करोड नौं लाख ९० हजार, ९७ करोड ४१ लाख २० हजार, ९१ करोड २८ लाख ३० हजार र ८८ करोड ५८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ७८ करोड दुई लाख १० हजार, ८६ करोड ४६ लाख, ८२ करोड ५५ लाख ४० हजार र ८८ करोड ३० हजार रुपैयाँ खुद नाफा कमाएका थिए । सिद्धार्थ, नेपाल बैंक, सानिमा र प्रभु बैंकले पनि चालू आवको दुई महिनाको अवधिमा क्रमशः ८४ करोड ९० लाख एक हजार, ८४ करोड २८ लाख २० हजार, ७२ करोड १५ लाख ५० हजार र ६७ करोड ६० लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ६० करोड ५६ लाख ७० हजार, ६७ करोड ८२ लाख १० हजार, ६८ करोड ९२ लाख ८० हजार र ९१ करोड ३२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका थिए । कृषि विकास, सिटिजन्स, स्टान्र्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले पनि चालू आवको पछिल्लो दुई महिनामा क्रमशः ५८ करोड ९८ लाख ७० हजार, ५५ करोड ७६ लाख ३० हजार, ५३ करोड २२ लाख २० हजार र ४९ करोड ५१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ८८ करोड ७० लाख ८० हजार, ५८ करोड ९८ लाख ६० हजार, ६० करोड ६२ लाख ९० हजार र ५७ करोड ७५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा माछापुच्छ्रे, हिमालयन र नेपाल एसबीआई बैंकले भने क्रमशः ४८ करोड १९ लाख ५० हजार, ३७ करोड सात लाख ५० हजार र ३५ करोड ४५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ३९ करोड २४ लाख ७० हजार, एक अर्ब १६ करोड ८१ लाख ७० हजार र ५३ करोड ३९ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।