काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब सात किलो दुई सय ९५ ग्रामसहित तीनजना भारतीय नागरिकहरू शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका हरगोबिन्द र समिरलाई तीन किलो छ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई तीन किलो छ सय ५५ ग्राम उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्युरो पठाइएको छ ।
झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम छ सय ८० मिलिग्राम सहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–६ बस्ने २१ वर्षीय अशोल राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुुई ग्राम छ सय ७० मिलिग्रामसहित डडेल्धुरा अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रकाश साउदलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका–११ बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब एक सय मिलिग्रामसहित राजापुर नगरपालिका–१० कोठियाघाट बस्ने १९ वर्षीय कृष्ण विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ छ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका–४ खैरेनी बस्ने १९ वर्षीय प्रेम श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनि समेतबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो ९७ ट्याब्लेट सहित सोही नगरपालिका–८ बिष्णुडोल बस्ने रामेछाप घर भएका १९ वर्षीय तेज रसाईलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुलसहित बाग्लुङ, बाग्लुङ नगरपालिका–२ रूद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पुर्तिघाट गुल्मीबाट खटिएको प्रहरीले ध.१ प ५५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
धनुषाको विदेह नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम तीन सय ७० मिलिग्राम सहित सबैला नगरपालिका–१३ कीर्तिपुर टोल बस्ने २० वर्षीय आकाश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–११ लोकनगर बस्ने २६ वर्षीया दिल कुमारी थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय ४० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ तोपापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सर्वण रोका मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङको लमही नगरपालिका–४ लमही अस्पताल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब पाँच ग्राम एक सय २० मिलिग्राम र नगद १९ हजार दुई सय रूपैयाँसहित राजपुर गाउँपालिका–७ लैबरूवा बस्ने २९ वर्षीय मदन पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।