काठमाडौं । सप्तकोशी सिमेन्टले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २४ गते काठमाडौंको त्रिपुरेश्वरमा आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले साधारण सेयर जारी गर्ने प्रस्तावसहित, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्नेसहितको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोही वार्षिक साधारणसभामार्फत कम्पनीले पुँजी वृद्धिको प्रस्ताव समेत पारित गर्नेछ ।