काठमाडौं । आईएमई लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २५ गते कम्पनीको कार्यालय पानीपोखरीमा आफ्नो २५औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।