काठमाडौं । फोन–पे पेमेन्ट सर्भिसले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २४ गते काठमाडौंको नक्सालमा आफ्नो छैठौँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।