काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २५ द एभरेस्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा ३२औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
सभाले प्रतिकित्ता एक हजार आठ सय ४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानलगायतका प्रस्तावहरु पारित गर्नेछ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको नामा सिबक्रिम होल्डिङ्स प्राइभेट लिमिटेडबाट आइजे ग्रुप होल्डिङ्स प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोहीअनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसअनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।