काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरुको चुक्ता मूल्य आठ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा सूचीकृत आठ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य आठ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेकोे हो ।
नेप्सेका अनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर, एक अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस सेयर, एक अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएको हो । यस अवधिमा नेपाल धितोपत्र बोर्डले छ अर्ब १८ करोड बराबरको म्युचुअल फन्ड, तीन अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
नेप्सेका अनुसार २०८१ भदौ मसान्तमा २५ सय ८० दशमलव ७६ विन्दुमा रहेको नेप्से सूचकाड्ढ२०८२ भदौ मसान्तमा २६ सय ७२ दशमलव २५ कायम भएको छ । २०८२ भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण चार हजार चार सय ६७ अर्ब ३० करोड कायम भएकोे छ । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण चार हजार एक सय तीन अर्ब ६२ करोड रहेको थियो । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ उत्पादनको ७१ दशमलव ८८ प्रतिशत रहेकोमा २०८२ भदौमा ७३ दशमलव १५ प्रतिशत रहेको छ । यसैगरी, २०८२ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या दुई सय ७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, सातवटा होटल, सातवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र नौ अन्य समूहका रहेका छन् । २०८१ भदौमा सूचीकृत कम्पनीहरूको सङ्ख्या दुई सय ६७ रहेको थियो ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२ दशमलव नौ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४ दशमलव नौ प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव पाँच प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा पाँच दशमलव पाँच दशमलव छ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा चार दशमलव नौ प्रतिशत, होटेलको हिस्सा दुई दशमलव सात प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११ दशमलव तीन प्रतिशत रहेको छ ।