काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक एससीटी युनियन–पे कार्डमा आबद्ध भएको छ । योसँगै साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर एससीटी युनियन–पे कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकको यस्तो आबद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास बैंकले लिएको छ । विगत दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर एक सय नौवटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।