काठमाडौं । इलेक्ट्रिकल स्कुटर तथा साइकल बिक्री वितरण गर्ने जम्बो इको भेइकलले चाडपर्वलक्षित अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले बिक्री गर्ने स्कुटरहरुमा ५० हजार रुपैयाँसम्म छुट पाउनेछन् भने इलेक्ट्रिक साइकलमा २० हजार रुपैयाँसम्मको छुट हुनेछ ।
साथै, नमसारी, हेलमेटलगायत विभित्र उपहारको समेत व्यवस्था रहेको छ । जडिबुटी लोकन्थलीमा मल्टिब्रान्ड सोरुम रहेको जम्बो इको भेहिकलले सस्तोमा ७५ हजार रुपैयाँदेखि तीन लाख ९९ हजार रुपैयाँसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा साइकलहरु बिक्री वितरण गर्दै आएको छ । जम्बो इकोले लिथियम आयन युक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकलका साथै शारीरिकरुपले विकलाङ्ग भएका व्यक्तिका लागि इलेक्ट्रिकल ह्विल चियर उपलब्ध गराउँदै आएको छ । रिकन्डिसन स्कुटर समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ३५ हजार रुपैयाँबाट सुरु हुने जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने जानकारी दिएका छन् ।