काठमाडौं । फरार अभियुक्तसँग वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसँगको तस्बिर सार्वजनिक भएपछि अन्तरिम सरकारलाई लिएर विभिन्न प्रश्न सार्वजनिक तहमै उठेको छ ।
आइतबार मन्त्री बन्ने चर्चा भएपछि गृहमन्त्री अर्यालसँग उनले खिचेको तस्बिरले आमतहमा चर्चा पाएको हो । यो चर्चा हो खगेन्द्र सुनारको । दैलेख नारायण २ भैसेखोर बस्ने डिलबहादुर सुनारको नाति तथा कमानसिंह सुनारको छोरा हुन् खगेन्द्र । उनीविरुद्ध सुर्खेत जिल्ला अदालतले सातदिने पक्राउ पुर्जी जारी गरेको थियो । सरकार प्रतिवादी रहेको मुद्दामा ०८१ असार १४ मा मुद्दा दायर भएको थियो । अन्तिम समयमा सपथ स्थगित भएको उक्त मुद्दामा अदालतले पक्राउ पुर्जी तामेल गर्न माग गरेको थियो भने ३५ दिनभित्र पक्राउ गर्न भनिएको थियो ।
यद्यपि उनलाई तदारुकतासाथ खोजतलास गर्दै पक्राउ गरी अदालतमा उपस्थित गराउन भनिएको थियो । यो मुद्दा मिति २०८१ असार २१ मा दर्तापत्रमा शाखा अधिकृतको दस्तखत छ ।
त्यसैगरी ०८१ मंसिर २१ मा पनि अदालतले पक्राउ पुर्जी तामेल सम्बन्धमा पहिलो ताकेता गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा सुनारविरुद्ध स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात मुद्दामा ०८१ साउन २७ गते सात दिने र ३५ दिने पक्राउ पुर्जी तामेल गराउन भनेकोछ । तर उक्त मितिसम्म तामेल नभएको अदालतकै पत्रमा उल्लेख छ । सो मितिमा अदालतले ७ दिनभित्र सुनारका नाउँको पक्राउ पुर्जीको तामेली गरी उक्त प्रति यथाशीघ्र अदालतमा पठाउन भनिएको छ । उल्दै अदालतले उनीविरुद्धको पक्राउ पुर्जी तामेल नहुनुको कारण पनि सोधेको छ ।
