काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबहाली गरेका छन् । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता पनि जनाए । सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन–जी आन्दोलनको अगुवा समेत हुन् । सामाजिक कार्यमा सक्रिय रहेका गुप्ताले कोभिड–१९ को समयमा निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए । त्यसैगरी, उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन् ।