काठमाडौं । इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले धनगढीको बोराडाँडीमा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो तीव्र राष्ट्रिय विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको दाबी गरेको छ ।
नयाँ सोरुम सञ्चालनको अवसरका कम्पनीले तीनवटा प्रोटोन इमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह प्रदर्शित गरेको छ । हालै धनगढीमा सञ्चालनमा ल्याइएको अत्याधुनिक थ्रिएस सुविधा केन्द्रले सेल्स, सर्भिस र स्पेयर पाट्र्सका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ । ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले धनगढीका प्रोटोन इमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गरेका थिए ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले धनगढी सोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा कम्पनीको यात्राको अर्को महत्वपूर्ण कदम भएको बताए । धनगढीका बासिन्दाहरूको प्रोटोन इमास ब्रान्डप्रतिको जोस र हरित भविष्यप्रतिको विश्वासले गहिरो प्रेरणा दिएको उल्लेख गरे । यस विस्तारसँगै, प्रोटोन इमासले नेपालभर आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको छ ।