जनकपुर । भ्रष्टाचार गरेको आरोपमा जेनजी बिद्रोहपछि अपदस्थ गरिएका केपी ओली नेतृत्वको सरकारले सरकारी लेटरहेड र सरकारी छाप किर्ते गरि व्याङ्किङ कारोबार गरेको आरोपमा पक्राउ परेर पछि छुटेका सिंतल शाहले भ्रष्टाचार बिरोधी नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई जनकपुरधाममा स्वागत गरेका छन् । गृहमन्त्री अर्याल आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन जनकपुर पुगेका थिए । उनीसँगैको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत सहभागी रहेका थिए । उनीहरुले जनकपुरधामको विभिन्न छठ घाटहरुको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा आवस्थाबारे जानकारी लिने बुझिएको छ ।