काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा सकारात्मक देखिएको छ । अघिल्लो आवमा खुद नोक्सानी व्यहोरेको संस्थाले गत आर्थिक वर्षमा एक करोड ५२ लाख आठ हजार चार सय २३ रुपैयाँ खुद मुनाफा कमाएको आधारमा नाफा सकारात्मक देखिएको हो । संस्थाले अघिल्लो आवमा भने ४४ लाख ३६ हजार छ सय १९ रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थाले गत आवमा ८५ करोड ६४ लाख २९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ३४ लाख २४ हजार नौं सय ६८ रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा १४ करोड ९० लाख ८१ हजार तीन सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा भने ७८ करोड सात लाख ४२ हजार आठ सय ५१ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड २० लाख ४५ हजार २६ रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा सात करोड ४४ लाख ६३ हजार पाँच सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।