काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक ३० गते कम्पनीको कार्यालय नयाँ बानेश्वरमा आफ्नो छैटौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणसहितका विभिन्न प्रस्तावहरू पारित गर्नै तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही कात्तिक २१ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द रहनेछ ।